समाजको उद्देश्य

समाजको उद्देश्य

(क) यो संस्था मुनाफा रहित जनहितकारी रहनेछ ।

(ख) देश विदेशमा छरिएर रहेका गुरुङ समुदायलाई एउटै समुहमा आबद्ध गरी जन्म देखि मृत्युसम्मको संस्कारमा पूजा पाठ गर्ने विधिलाई एकरूपतामा ल्याउने ।

(ग) बौद्ध धर्मद्वारा निर्दे्शित उपदेशहरुलाई प्रचार प्रसार गदै प्राचिन लामा बौद्ध लिपीलाई गुरुङ (तमु) लिपीमा स्थापित गर्ने ।

(घ) बौद्ध धर्म गुरुहरुद्वारा गुरुङ समुदायमा समय समयमा माहायानलामा बौद्ध धर्म परम्परानुसार वाङ (अभिषेक) लुङ (आगम) ठी (निर्देशन) को माध्यमद्वारा कार्यक्रम संचालनगरी बौद्ध धर्मको प्रचार प्रसार गरी लामा गुरुहरुको अभाव भएको स्थानहरुमा लामागुरुहरु उपलब्ध गराउने र संस्कारको सम्बर्द्धन गर्ने ।

(ङ) सम्बन्धित निकायको स्वीकृति लिइ देशको विभिन्न स्थानहरुमा बौद्ध प्रौड शिक्षा लागू गर्ने ।

(च) बौद्ध शिक्षा विकासको निम्ति देश विदेशको बौद्धविज्ञहरु बीच आवश्यकता र समयनुकुल समिक्षा गरी विश्व शान्ति महापूजाको आयोजना गरी विश्वलाई शान्ति प्रति अभिप्रेरित गराउदै लैजाने सहयोग गर्ने ।

(छ) बौद्धशिक्षा र आधुनिक शिक्षा दुबैलाई समेटेर समाजमा प्रभावकारी शिक्षा प्रदान गर्ने ।

(ज) नेपालका विभिन्न जाति, धर्महरु बीच समयनुकुल वातावरण सिर्जना गराई परस्पर मैत्रीको सम्बन्ध विस्तार गर्ने ।

(झ) दीर्घकालीन शान्ति स्थापनाको लागि विभिन्न कार्यक्रम गर्ने ।

(ञ) बौद्ध दर्शनमा उच्चशिक्षा हासिल गरि आउनु भएको आचार्य तह देखि माथिका लामा गुरुहरु, लोसुम धासुम (छम गुफा साधना) गरिसकेका लामाहरु र बौद्ध धर्म उत्थानको निमित्त बिशेष योगदान पुर्याउने तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने महानुभावहरुलाई सम्मान तथा पुरस्कृत गरिने ।

(ट) बौद्ध धर्मसंग सम्बन्धित तथ्यांकहरुको अनुसन्धानगरी प्रभावकारी ढंगले विस्तार गर्दै लैजाने ।