समाजको-परिचय

हाम्रो देश नेपाल बहु जाति, धर्म र संस्कृति भएको हुँदा विभिन्न समयमा लोकतान्त्रिकरण अभ्यास, विकास र आधुनिकरण संगसंगै राजनैतिक परिवर्तनहरुले लोकतन्त्रिक गणतन्त्रात्मक राष्ट्र स्थापित गरी सकेको हुनाले शान्ति तथा स्थिरता कायम राख्दै शैक्षिक, सामाजिक एवं आर्थिक रुपान्तरणको बाटोमा मुखरित भई सदियौंकाल खण्डदेखि एक अर्काप्रति रहदै आएका सद्भावको सम्बन्ध, धार्मिक सहिष्णुताको यथार्थतालाई हृदयङ्गम गरी देश विदेशमा रहेको गुरुङ (तमु) समुदायमा भगवान बुद्धद्वारा देशित अमुल्य उपदेशहरु बिभिन्न आधुनिक प्रबिधिबाट प्रचार प्रसार गरिने, माहायानलामा बौद्ध धर्म परम्परा अनुसार वाङ (अभिषेक), लुङ (आगन) र ठी (निर्देशन) को माध्यमबाट लामा गुरुहरुलाई प्रशिक्षण दिइने, जन्म देखि मृत्युसम्मको पूजाविधिहरुलाई एकरूपतामा ल्याउने,
दक्षगुरुहरुबाट बौद्ध धर्म ग्रन्थहरुको व्याख्या गराउदै लैजाने र लामा शिक्षा सम्बधी बौद्ध शिक्षाबिज्ञहरु बीचको एक अर्कामा बौद्धशिक्षा ज्ञानको अध्ययन अनुसन्धानगरि समाजको सर्बाङ्गीण, विकाशकार्यमा सहयोग पुर्याउनका निम्ति बौद्ध पाठशालाहरु खोली अन्तराष्ट्रिय स्तरमा रहेको बौद्ध लामा गुरुहरुलाई समेत बौद्धशिक्षा प्रदान गर्ने तथा नेपाल सरकारद्वारा लागू गरिएको शिक्षालाई प्राथमिकताका साथ अध्ययन, अध्यापन गराई शैक्षिक विकाशमा टेवा पुर्याउने र सेवा मुलक कार्यक्रम संचालन गरी उनीहरुको उत्थान गर्ने र पिछडिएका जन समुदायहरुलाई समेत लछित गरि गैरनाफामुलक सेवा र सहयोगको निःस्वार्थ भावनाले अभिप्रेरित भई यो “गुरुङ (तमु) लामा बौद्ध धर्म समाज” को विधान २०७१ नामक मुनाफा रहित उद्देश्यले एक सामाजिक गैरसरकारी संस्थाको स्थापना गरी संस्था दर्ता ऐन, २०३४ को अधिनमा रहि तर्जुमा गरिएको छ ।