२०७० पौष २६ गते शुक्रबार दशमी तिथीको दिन समाजको स्थापना गरि तद पश्चात तदर्थ समिति (संस्थापक समिति) गठन गरि दर्ता प्रकृियामा लागी २०७१ बैशाख १७ गते नेपाल सरकारमा दर्ता गरि अन्य बिभिन्न निकायहरूमा पनि दर्ता गरियो ।
समाजको प्रथम साधारण सभा समाजकै केन्द्रिय कार्यलय सुकेधारामा २०७१ पौष १७ गते सु-सम्पन्न गरिएको थियो ।
२०७१ पौष २६,२७,२८ गते समाजको प्रथम राष्ट्रिय भेला प्रमुख अतिथि सम्माननिय सभामुख श्री सुभास चन्द्र नेम्वाङ ज्यूको उपस्थितीमा सुकेधारा स्थित नव बुद्ध गुरूङ सेवा समितिको प्राङगढमा सु-सम्पन्न गरिएको थियो । समाजको दोस्रो साधारण सभा समाजकै केन्द्रिय कार्यलय सुकेधारामा २०७२ मंसिर ६ गते सु-सम्पन्न गरिएको थियो । २०७२ माघ ५ गते समाजकै केन्द्रिय कार्यलयमा महान परम पुज्य गुरू ताग्लुङ चेटुल रिन्पोछे तथा ज्याडल रिन्पोछे परिनिर्माण हुनु भएको पुण्य स्मृितीमा गुरू बन्दना साथै श्रद्धाञ्जली पूजापाठ गरिएको थियो । २०७३ भदौ १६ गते पोखरामा लामा गुप्ती गुरूङको संयोजकतामा संचालित लामा संग यस समाजमा अावंद्ध गरिएको थियो ।
समाजको तेस्रो साधारण सभा पोखराको उपकार समाज घरमा २०७३ असोज २२ गते सु-सम्पन्न गरिएको थियो । २०७३ पौष २,३,४ गते समाजको दोस्रो राष्ट्रिय भेला एवं प्रथम महाधिवेशन प्रमुख अतिथि नेपाल सरकार सम्माननिय श्रम तथा रोजगार मन्त्री श्री सुर्यमान गुरूङ ज्यूको उपस्थित लगाएत श्रद्धये अवतारी गुरू गुरूदेव कर्मा वाङ्छुग रिन्पोछे साथै टुल्कु साङ्गे योन्तेन ग्याछो ज्यूको उपस्थितमा पोखराको बौद्ध अर्घौं सदन रामघाट गुम्बाको प्राङगढमा सु-सम्पन्न गरिएको थियो ।
समाजको चौथो साधारण सभा चितवनको तिनखोले महाबौद्ध गुम्बामा २०७४ असोज २७ गते सु-सम्पन्न गरिएको थियो । समाजले अाफ्नो स्थापना समय देखीनै प्रतेक वर्ष पौष २६ गते अाफ्नो स्थापना दिवस विभिन्न पूजापाठ गरि मनाउदै अाएको छ । समय अनकुल विभिन्न कालखण्डमा दक्ष गुरूहरूबाट वाङ (अभिशेष) लुङ (अागम) ठी (निर्देशन) को पनि अायोजना कार्यक्रम गर्दै अाईरहेको छ साथै महा भुकम्प गएको बेलामा पनि गोर्खाको बारपाकमा गई दिबङ्गत अात्माहरूको चिर शान्तीको लागी पूजापाठ सामुहिक अर्घौं पै पनि गरिएको थियो ।